धनगढी । बाघको आक्रमणबाट मृत्युु भएकी कलसी सार्कीको परिवारलाई आर्थिक सहयोग गरिएको छ । गत शुक्रबार बाघको आक्रमणमा परि मृत्यु भएकी कञ्चनपुरको पुनर्वास नगरपालिका वडा नम्बर १० भिमवस्ती मदन टोलकी सार्कीका परिवारलाई राहत स्वरुप रकम प्रदान गरिएको हो ।
सामुदायिक वन समन्वय समिति कंचनपुरले कलसाका पति अम्बे सार्कीलाई राहत रकम हस्तान्तरण गरेको हो ।
आयआर्जन तथा किरिया खर्च भन्दै समितिका अध्यक्ष शिवदत्त पन्त र सव डिभिजन वन कार्यालय पचकडियाका प्रमुख दिनेशकुमार यादवले राहत रकम हस्तान्तरण गरेका हुन् ।
मृतकका परिवारलाई आयआर्जन तर्फ २५ हजार र किरिया खर्च २५ हजार गरि ५० हजार रकम सहयोग गरिएको समितिका अध्यक्ष पन्तले बताए । उनले राहाुत रकमले परिवारलाई आयआर्जन गर्नमा सहयोग पुगाउने उद्देश्यले वितरण गरिएको बताए ।
डिभिजन वन कार्यालय प्रमुख यादवले पछिल्लो समय मानव र वन्यजन्तुविचको द्वन्द्व बढ्दै गएकोले मानवलेनै सावधानी अपनाउन जरुरी रहेको बताए । उनले भने,‘दुधुवा राष्ट्रिय निकुञ्जदेखि लालझाडी तथा पुनर्वास क्षेत्रमा बाघ, हात्ती लगायतका वन्य जन्तुको चहलपहल बढ्दै गएको छ । त्यसैले मानविय क्षति हुन नदिने स्थानियनै सर्तक हुन जरुरी देखिन्छ ।’