धनगढी। कैलालीको धनगढी उप–महानगरपालिका फूलवारीमा प्रथम वडा अध्यक्ष फुटबल प्रतियोगिता सुरु भएको छ । धनगढी उप–महानगरपालिका वडा नम्बर १४ स्थित सागर युुवा क्लबकोे खेलमैदानमा आजबाट प्रतियोगिता सुरु भएको हो । उप–महानगरपालिका वडा नम्बर –१४ को मूख्य प्रायोजनमा सुरुभएको प्रतियोगिताको आयोजना फूलवारी–११ स्पोर्ट क्लबले गरेको हो । उद्घाटन कार्यक्रमका प्रमुख अतिथि समेत रहेका धनगढी–१४ का अध्यक्ष मान बहादुर बिष्टले प्रतियोगिताको उद्घाटन गरेका छन् ।
प्रतियोगितको उद्घाटन कार्यक्रममा बोल्दै अध्यक्ष बिष्टले खेलकुदले समाजलाई सभ्य बनाउन सहयोग गर्ने बताए । उनले समाजको विकासका लागि भौतिक विकास संगै खेलकुदको पनि विकास गर्नु आवश्यक रहेकाले फुटबल प्रतियोगिता आयोजना गरिएको बताए ।
उद्घाटन कार्यक्रममा बोल्दैै क्लवका अध्यक्ष महेश गोलेले प्रथम वडा अध्यक्ष कप फुटबल प्रतियोगिता आयोजना गर्न सहयोग गरेकोमा वडा कार्यसमितिलाई धन्यबाद ज्ञापन गरे । उनले युवाहरुलाई खेलकुदमा माध्यामबाट लागुऔषध सेवन तथा अपराधिक क्रियाकलापमा संलग्न हुनबाट बचाउन क्लबले खेलकुद गतिविधि संचालन गरेका बताए ।
यहि चैत्र २१ गते सम्म संचालन हुने प्रतियोगितामा बिभिन्न १४ टिमको सहभागिता रहेको छ । प्रतियोगिताको बिजेता टिमलाई नगद पुरुस्कार १ लाख १ सय ११ ं र उपविजेता टिमलाई रु ५० हजार १ सय ११ नगद रकम दिइने आयोजकले जनाएको छ । प्रतियोगिताको हरेक खेलमा म्यान अफ दि म्याच हुने खेलाडीलाई १ हजार ५ सय नगद प्रदान गरिने समेत आयोजकले जानकारी दिएको छ । यस्तै प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई समेत नगद पुरस्कार दिइने आयोजकले बताएको छ ।
यस्तै न्यू स्टार युवा क्लब, कनरी र आयोजक फूलवारी ११ स्पोर्ट क्लव विच आज भएको उद्घाटन खेलमा आयोजकको टिमलाई शून्यका विरुद्ध २ गोलले पराजित गर्दै न्यू स्टार युवा क्लवले विजयी सुरुवात गरेको छ । उद्घाटन खेलका म्यान अफ दि म्याच घोषण भएका न्यू स्टारका खेलाडी बिमल चौधरीलाई नगद १ हजार ५ सय प्रदान गरिएको छ । प्रतियोगितामा भोली दिउसो २ बजे मनकामना युवा क्लव, जुगेडा र न्यू पृथ्वी युवा क्लब, ए गाँउ बिच खेल हुने छ । यस्तै भोली कै अर्को खेलमा फूलवारी ११ स्पोर्ट क्लब , ए टिम र धनगढी युनाइटेड, धनगढी बिच दिउंसो ३ बजे खेल हुने आंयोजकले बताएको छ ।