धनगढी। कैलालीको धनगढी उप-महानगरपालिका वडा नम्बर-१८को वडा कार्यलयमा तालाबन्दी गरिएको छ । बिद्यालय ब्यबस्थापन समितिमा सिफारिसको बिषयलाई लिएर स्थानियहरुले तालाबन्दी गरेका हुन् ।
धनगढी उपमहानगरपालिकाको फागुन ३० गतेको वोर्ड बैठकले स्थानिय खप्तडी आधारभूत बिद्यालय ब्यबस्थापन समितिमा २ जना सिफारिस गरेको थियो । उप-महानगरपालिकाले सुवास बस्नेत र सामैला िवकलाई सो बिद्यालयको लागि सिफारिस गरेको भएपनि वडा कार्यलयले सुवास बस्नेतलाई स्थानिय चन्द्रोदय माध्यामिक बिद्यालयमा पठाएपछि स्थानियले बिरोध गर्दै तालाबन्दी गरेका हुन् । उपमहानगरपालिको निर्णय वडा कार्यालयले बेवास्था गरेको भन्दै बस्नेतका समर्थकसंगै स्थानियहरुले तालाबन्दी गरेको बताईएको छ ।