धनगढी। कैलालीको धनगढी उपमहानगरपालिका–१४ फूूलवारी स्थित राम मन्दिरमा रामजानकी सप्ताह धार्मिक महा–महोत्सब संचालन भएको छ । शनिबार संघिय सांसद डिल्लीराज पन्तले सो धार्मिक महा–महोत्सब उद्घाटन गरेसंगै संचालन भएको हो । रामनवमीको अवसर पारेर संचालन गरिएको धार्मिक महा–महोत्सब चैत १७ गते सम्म संचालन हुने छ ।
राम मन्दिर ब्यबस्थापन समितिका अध्यक्ष बिष्णुु अधिकारीको अध्यक्षतामा उद्घाटन गरिएको धार्मिक महा–महोत्सबमा धनगढी उपमहानगरपालिकाका निवर्तमान नगरप्रमुख तथा नेपाली कांग्रेसका केन्दिय सदस्य नृपबहादुर वड, सुदूूरपश्चिम प्रदेशका प्रदेश सभा सदस्य रमेश धामी, पुुर्व भौतिक पुुर्वाधार राज्यमन्त्री शुुशिला बुुढाथोकी ,कबिराज श्री १००८ देवराज स्वामी जी महाराज , प्रमुख कथा वाचक प्रमोद पौडेल कार्यक्रमका बिशिष्ट अतिथी रहेका थिए । सो धार्मिक महा–महोत्सब उद्घाटन समारोहमा स्वागत मनतब्य यम लामिछानेले गरेका थिए ।
मन्दिरको स्तरोन्नती तथा धार्मीक संस्कारबाट सब्य समाजको निर्माण गर्न संचालन गरिएको धार्मिक महा–महोत्सबमा प्रमुुख अतिथी समेत रहेका संघिय सांसद डिल्लीराज पन्तले पुुर्णरुपमा सहयोग गर्ने बचन दिए ।
सो धार्मिक महा–महोत्सबमा चैत १७ गते सम्म हरेक दिन कथा बाचन , वाल संस्कार,भजन कृतन ,आरती, बिशेष प्रकारका दानदिने लागयतका धार्मिक कार्यक्रम संचालन हुुने आयोजक समितिले जनाएको छ ।