धनगढी । धनगढी उपमहानगरपालिकाले वडा न १ का स्थानीयहरुलाई जानकारि नै नदिई पशुपति टोलमा फोहोर फालेपछि स्थानीयहरु आक्रोशित बनेका छन । उपमहानगरपालिकाले पशुपती टोलको सुदुरपश्चिम महोसव लाग्ने मैदानमा फोहोर फाल्ने गरेपछि त्यहाँका स्थानीय आक्रोशित भएका हुन् ।
कैलाली नालाको छेउमा रहेको निजी जमिनमा नगरपालिकाले स्थानीहरुलाई जानकारी नगराई धनगढीमा रहेका अस्पताल, घरघरका फोहोरहरु ल्याएर त्यहा फालेपछि बातावरण दुर्गन्धीत भएको भन्दै बिरोध जनाएका छन् । टोलका बच्चाहरुले खेल्ने मैदान भएको कारण पनि त्यो फोहोरले आफुहरुलाई अव्यवस्थीत बनाएको धनगढी १ पशुपती टोलका पप्पु कुरैसीले गुनासो गरेका छन् ।
‘फोहरले स्थानीय निकै हैरान भएका छन्’ स्थानीय कुरैसीले भने–‘स्वास्थ्यमा गम्भीर लापरवाही हुने चिज जथाभावी टोलमा आएर फाल्नु राम्रो होईन ।’ सार्बजनिक मैदान भएकोले टोलको युवा वालवाललिकाहरु खैल्ने बिहान व्ययाम गर्ने क्षेत्र थियो अहिले फोहरले पुरै दुर्घन्धीत भएकोले समस्या भएको स्थानीय अमित जैरुले बताए । जथाभावी फोहोर फालेका बिषयमा टोलमा भेला भएर रोकेको जैरुले बताए ।
पशुपति टोलमा रहेको उक्त निजी जमिनलाई व्यावस्थापन गर्ने उद्देश्यले १५ वर्षको लागि मेला महोत्सव लगाउनको गरी कैलाली उद्योग बाणिज्य संघले भाडामा लिएको छ । अहिले सो क्षत्र कैलाली उद्योग बाणिज्य संघले आफ्नो सार्बजनिक कार्यक्रम गर्ने भनि भोगचलनका लागि लिएको छ । नगरपालिकाले सडकमा फुटेका घरका इटा टाईलहरु ल्याएर राख्ने कुरो भएपनि नगरपालिकाल कुनै जानकारी नगराई फाहोर फालेको कैलाली उद्योग बाणिज्य संघका महासचिव ओम बिष्टले बताएका छन् ।
उता धनगढी उपमहानगरपालिका वडा नम्बर १ का अध्यक्ष सन्तोष मुडभरीले पनि पनि आफुलाई जानकारि नगराई फोहोर फालेको बताएका छन् । स्थानीयहरुले आफुलाई जानकारी गराएपछि मात्रै जमिन डम्पिङ साईड नभएको तर जमिनमा खाल्डो भएका जग्गा भर्ने सहमति भएको वडा अध्यक्ष मुडभरीले बताए ।