कैलालीमा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु, २८ जना घाइते

कैलाली । कैलालीमा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा परी २८ जना घाइते भएका छन् । गए राति जोशीपुर गाउँपालिका–७ हजारीबारामा ट्याक्टर दुर्घटना भएको हो ।
बर्दगोरिया गाउँपालिका–६ सुगरखालमा आफन्तको घरबाट पास्नी भोज खाएर भजनी नगरपालिका ९ कुणीतर्फ फर्किने क्रममा ट्याक्टर दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।
ट्याक्टर पल्टिँदा ट्याक्टरमा सवार दुई जनाको मृत्यु र २८ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक कुलदीप चन्दले बताए ।
मृत्यु हुनेमा भजनी–९ की १५ वर्षीया चाहना चौधरी र ४५ वर्षकी दिलरानी चौधरी रहेका छन् । दुवैको घोडाघोडी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
ट्याक्टर चालक सुरज चौधरीले फरार छन् ।