धनगढी । स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा नेबिसंघको बिजय अभियानलाई सघाउन नेपाली काँग्रेस कैलाली क्षेत्र नं। ४ को आयोजनामा शुक्रबार अत्तरियामा छलफल कार्यक्रम भएको छ ।
छलफल कार्यक्रममा जिल्ला कार्यसमितिका प्रतिनिधि तथा जिल्ला सचिव केशव राज मिश्रले क्याम्पसहरुको शिक्षा प्रणालीमा विद्यार्थीको महत्वपूर्ण योगदान रहने हुनाले आसन्न स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा नेविसंघको प्रतिनिधि निर्वाचित हुन आवश्यक रहेको बताएका छन् । उनले नेविसंघ निर्वाचित गराउन पाटी एक ढिक्का भएर लाग्ने पनि बताएका छन् ।
कार्यक्रमका सहभागीहरुले आसन्न स्वतन्त्र विद्यार्थीको निर्वाचनमा नेविसंघलाइ विजय गराउन पार्टीले कुनै नेताको व्यक्ति नहेरी विद्यार्थीको लोकप्रिय व्याक्तिलाई अगाढी बढानु पर्ने बताएका छन् । लामो समयपछि हुन लागेको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा लोतान्त्रिक विचारधाराका विद्यार्थी जित्न आवश्यक रहेको सहभागीहरुले बताएका छन् ।
कार्यक्रममा संघिय निर्वाचन क्षेत्र नं ४ कार्यसमिति, क्षेत्र नं। ४ रहेका जिल्ला सदस्य, पालिका कार्यसमिति पदाधिकारी, तरुणदल, महिला संघ, नेपाल विद्यार्थी संघ लगायत विभिन्न भातृ संस्था तथा शुभेच्छुक संघसंस्था पदाधिकारी तथा सदस्यहरुको सहभागिता रहेको थियो ।