धनगढी । यसवर्ष होलीमा ‘टिसर्ट’को बिक्री घटेको छ । गत वर्ष एउटै पसलबाट मात्रै हजारौं पिस होलीका टिसर्ट बिक्रि भएकोमा यसवर्ष गार्मेन्टहरुले पोहोरको तुलनामा आधा मात्रै उत्पादन गरेका छन् । उत्पादन गरेको ६५% हाराहारीमा ‘स्टक’ रहने देखिएको हो ।
'गत वर्ष मैले एक हजार जति टिसर्ट बेचे तर यस बर्ष मुस्किलले ४०-४५ वटा बेचेहोला, यो साल न रङ्ग बिक्छ न टिसर्ट नै बिक्छ यस बर्ष त गल्लानै डुब्ने होकि भन्ने डर भयो' यादव फेन्सीका संचालक सुरज यादबले बताए ।
देशमा भएको आर्थिक प्रभावले धनगढी बजारको होलि व्यापारमा मन्दिनै छाएको भन्दा फरक नपर्न सक्छ । यस वर्ष होलिमा धनगढी बजारमा बेच्न राखिएका हेप्पी होलि लेखिएको टिसर्ट र रङ्ग अधिकांश पसल अगाडि नविकेको अवस्थामा रहेको देख्न सकिन्छ । बजारमा भएको शून्य व्यापार , आर्थिक मन्दी लगायतका कारणले यस वर्ष धनगढी बजारमा हेप्पी होलि लेखिएको टिसर्ट बिक्री नभएको धनगढी -३ कि भीमा अधिकारीले बताईन् ।
होलसेल व्यबशायी संघ धनगढीका महासचिव यमनाथ सिग्देलले अघिल्लो बर्ष सुदूरपश्चिमका विभिन्न जिल्लामा ५० हजार देखि १ लाख सम्म बिक्रि हुनेमा यस बर्ष २०-३०% मात्र बिक्रि भएको जानकारी दिए । उनका अनुसार खुद्रा प्रतिपिस १ सय, १५० र २५० रुपैयाँ होलसेल मूल्यमा होलीका टिसर्टहरु बिक्रि भएका छन् ।
आर्थिक मन्दी कै कारण टिसर्ट बिक्री घटेको हुन सक्ने व्यवसायीहरु बताउछन् ।