धनगढी । कैलालीमा एउटै रुखमा झुण्डिएको अवस्थामा महिला र पुरुषको शव भेटिएको छ ।
जिल्लाको कैलारी गाउँपालिका–७ को बसन्तामा रहेको खरौला सामुदायिक वन क्षेत्रमा सोही ठाउँका ५८ वर्षीया गेदुराम दास र ४५ वर्षीया ललितादेवी चौधरी रहेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) कुलदिप चन्दले बुधबार साँझ ५ बजे उनीहरु दुवै जना सामुदायिक वनको एउटा रुखमा झुण्डिएको अवस्थामा मृत भेटिएको बताए । डीएसपी चन्दकाअनुसार उनीहरु दुवै जना छिमेकी हुन् । उनीहरु दुबै जनाको बिवाह भइसकेका हुन् ।
गाइगोरु चराउन गएका बालबालिकाहरुले दुवै जना रुखमा झुण्डिएको अवस्थामा मृत भेटेपछि स्थानीयलाई खबर गरेका थिए ।
घट्नाबारे थप अनुसन्धान भइरहेको छ । मृतक दुवै जनाका श्रीमान–श्रीमती र छोराछोरी छन् । शव परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा राखिएकोा प्रहरीले जनाएको छ । घट्नाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।