काठमाडौं । शनिबार देशका तीन प्रदेशका चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ।
जल तथा मौसम विज्ञान विभागका अनुसार प्रदेश–१, बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू–भागका थोरै स्थानमा र बाँकी प्रदेशका पहाडी भू–भागका एक/दुई स्थानमा मेघ गर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना छ।
प्रदेश–१, बागमती प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेको विभागले जनाएको छ।
प्रदेश–१, मधेस प्रदेश, बागमती प्रदेशलगायत गण्डकी प्रदेशको पहाडी भू–भागमा अहिले बिहान आंशिक बदली रहेको छ। बाँकी भू–भागको मौसम सामान्यतया सफा रहेको छ।
दिउँसो प्रदेश–१, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहनेछ। देशका बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ।
शनिबार राति प्रदेश–१, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहनेछ। बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ।
विभागका अनुसार प्रदेश–१ र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना छ।