काठमाडौं । यति बेला सबैको ध्यान राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनमा केन्द्रित छ । अझ राजनीतिक दलका नेताहरु त आफ्नो पक्षमा र आफ्नै पार्टीबाट राष्ट्रपति चयन कसरी गर्ने दाउमा छन् । यता सरकारमा आबद्ध दलहरुको गठबन्धन उता नेपाली कांग्रेस नेतृत्वको गठबन्धनमा आबद्ध राजनीतिक दलहरु राष्ट्रपति आफ्नो पोल्टामा पार्न कुनै कसर छोड्नेवाला छैनन् । तर, अचम्मको कुरा त के छ भने राजा बोक्ने राप्रपाको समेत राष्ट्रपति निर्वाचनले निन्द्रा उडाएको छ ।
यस निर्वाचनलाई लिएर राप्रपा भित्र भाँडभैलो मात्रै मच्चिएको छैन, राप्रपाका अध्यक्ष लिङ्देनले सरकारमा जाने देखी पार्टीका हरेक काम एकलौटी गर्न थालेको आरोप लगाउँदै शीर्ष नेताहरुनै विरोधमा उत्रिएका छन् । संघीय गणतन्त्र स्वीकार गरेका दलहरु राष्ट्रपति चयनको विषयमा छलफल र अग्रसर हुनु स्वाभाविक पनि हो तर गणतन्त्रले देशै दुवायो, सङ्घीयता कामै छैन, देशमा फेरी राजसंस्था र हिन्दु राष्ट्र चाहिन्छ भन्दै जनतामाझ गएर भोट बटुलेको राप्रपा गणतान्त्रिक सरकारमा त गयो नै हुँदा हुँदा राष्ट्रपतिलाई भोट हाल्नु पर्छ भन्ने पक्षमा समेत छ ।
राप्रपा अध्यक्ष लिङ्देन कसरी हुन्छ पार्टीका शीर्ष नृेताहरुलाई मनाउन लागिपरेका छन् । तर, सुरुका दिन देखी पार्टी यो सरकारमै जानुहुन्न भन्ने आवाज उठाउँदै आएका राप्रपाका महामन्त्री धवल शमशेर राणा यति वेला राष्ट्रपति निर्वाचनमा सहभागी हुनुहुन्न भन्ने अडानमा ढाल उभिएका छन् । यस विषयमा राणालाई पार्टीका वरिष्ठ उपाध्यक्ष रबिन्द्र मिश्र, महामन्त्री राजेन्द्र गुरुङ, प्रवक्ता ज्ञानेन्द्र शाही, नेतृ रेखा थापा, नारायण कोइराला लगायतको साथ मात्रै होइन वरिष्ठ नेताहरु पशुपति शमशेर राणा र प्रकाश चन्द्र लोहनी लगायतले पनि साथ दिएका छन् ।
उनीहरू राष्ट्रपति निर्वाचनमा सहभागी हुनु हुँदैन अझ दलको नेता राष्ट्रपतिलाई त कुनै पनि हालतमा भोट हाल्नु हुन्न भन्ने पक्षमा छन् । अरुबेला राजतन्त्रको मूल मुद्दा उठाएर राजनीति गर्ने अनि गणतन्त्रको राष्ट्रपति निर्वाचनमा सहभागी भएर भोलिका दिनमा कुन मुख जनतासामु जाने भन्ने राणा पक्षको भनाई छ । जनताले जुन चाहना र धरणाले हामीलाई भोट दिएको हो तयसको कदर गर्नु नै राजनिितक धर्म भएको उनिहरुको बुझाइ छ । नखाऊ भने दिनभरको सिकार खाऊँ भने कान्छा बाउको अनुहार भने झैँ मन्त्री पद जोगाउन राजनीतिक नैतिकता नै दाउमा राख्ने आस्थामा पुगेका लिङदेनलाई राष्ट्रपति निर्वाचन टाउको दुखाइको विषयको छ ।
राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन यही संघीय गठतान्त्रीक मुलुकको उपप्रधानसहित चौथो वरियता छन् भने उनको पार्टीबाट एक राज्यमन्त्रीसहित तीन जना मन्त्री छन् । अझ प्रदेश खारेज हुनुपर्छ, प्रदेशले देशलाई कङ्गाल बनायो भन्दै ठुला ठुला सभामा गर्जिँदै आएका लिङदेनले बागमती प्रदेशमा सभामुख नै पड्काएको छ भने प्रदेश १ मा पनि सरकारमा सहभागी छ । राजनैतिक र पार्टीगत सिद्धान्तलाई हेर्ने हो भने कुनै पनि कोणबाट राप्रपालाई संघ र प्रदेशको सरकारमा सहभागी हुने नैतिकता नै छैन । अझै गणतन्त्रात्मक मुलुकमा राजसंस्था पूर्नस्थापीत गर्छौ भन्दै छाती पिट्ने राप्रपा कुन नैतिकताका आधारमा राष्ट्रपति छनोट प्रक्रियामा सहभागी हुन खाजेको हो स्वयम पार्टी कार्यकर्ताले यसको जवाफ खोजी रहेका छन् ।
हुन पनि राप्रपा साचिक्कै राजसंस्था पूर्नस्थापीत गर्ने लक्षका साथ अगाडि बढेकै हो भने राष्ट्रपति चयनमा प्रक्रियाबाट राप्रपा अगल बस्नु पर्छ । दुइ चार जना मन्त्री बनेका भरमा उसले आफ्नो एजेन्डा स्थापित गर्न सक्दैन । राप्रपाले त्यसका लागि जनताको मन जित्नुपर्छ । जनमत नै बलियो बनाउनु पर्छ र त्यसका लागि जनअदालतमा बहस छेड्न सक्नुपर्छ । तर वर्तमान सत्ता समीकरण र राप्रपाको सत्ता मोहले भने विगतमा राप्रपाका पूर्व अध्यक्ष कमल थापालाई वर्तमान नेतृत्वले लगाएको आरोप पनि मिथ्या हुनेछ ।