धनगढी । धनगढी उपमहानगरपालिकाका नगर प्रमुख गाेपाल हमालले छोरीलाई हैरान गर्ने नियतले केही अनलाइनमा समाचार लेख्ने काम भएकाे भनी छाेरीकाे बचाउ गरेका छन् ।
फेसबुकमा छाेरीले दिएकाे स्पष्टिकरण भिडियाे राख्दै उनले तथ्य र घटना नबुझैरै समाचार लेखिएको बताएका हुन् ।
मेयर हमालले छाेरीले पत्रकारमाथि गरेकाे दुर्व्यवहारलाई वेवास्ता गर्दै छाेरीकाे वयानका अनुसार छोरीको आमालाई पत्रकार हुँ भन्ने मान्छेले हात समातेर धकेल्ने काम गरेको आराेप लगाएका छन् ।
उनले समाचार तीन अनलाइनमा प्रकाशन भएकाे लेख्दै खुकुरी हानाहान जस्तो संवेदनशील घटनालाई समाचारको विषय नबनाएर मेरो छोरीलाई हैरान गर्ने नियतले केही अनलाइनमा समाचार लेख्ने काम भएको उल्लेख गरे ।
उनले समाचार फूलवारी खबर सहित तीन अनलाइनमा प्रकाशन भएको लेख्दै खुकुरी हानाहान जस्तो संवेदनशील घटनालाई समाचारको विषय नबनाएर मेरो छोरीलाई हैरान गर्ने नियतले केही अनलाइनमा समाचार लेख्ने काम भएको उल्लेख गरे । पत्रकार विवेक नागरीले समाचार संकलन गर्नेक्रममा आफुुलाई दुर्व्यवहार भएको भन्दै भिडियो सहित जानकारी गराएपछि फूलवारी खबरले पनि ''धनगढीमा धम्काईन्, पत्रकारलाई मेयरकी छोरीले...'' शीर्षकमा समाचार प्रकाशित गरेको थियो । मेयर हमालले छोरी आर्तुसा हमालको भिडियो सार्वजनिक गर्दै उक्त भिडियोमा आफूले अनुमतिबिना भिडियो नखिच्न भनेको तर पत्रकारमाथि दुव्र्यवहार नगरेको बताएकी छिन् ।