धनगढी।सारथी अस्पताल प्रा.ली धनगढीले एक दिने निशुल्क स्वास्थ्य शिविर संचालन गरेको छ । कृष्णपुर नगरपालिका ४ कञ्नपुरमा निशुल्क स्वास्थ्य शिविर संचालन गरेको हो ।
सो स्वास्थ्य शिविरमा बिभिन्न प्रकारका बिशेषज्ञ डा. शेरबहादुर कमर ,सर्वोत्म कोइराला,रुपेश भण्डारी र मिथलेस यादवले बिरामीको निशुल्क चेकजाँच गरेका थिए ।
सो शिविरमा आठ सय ८८जना बिरामीको निशुल्क उपचार गरिएको अस्पतालका प्रवन्ध निर्देक बेदप्रकाश जोशीले जानकारी दिए । सो शिबिर संचालन गर्न पुर्चौडी समाज धनगढी,लाइन्स क्लब अफ सारथी धनगढी र ट्रेड युनियन महासंघ सुदूरपश्चिमले सहकार्य गरेको अस्पतलका निर्देशक जोशीले जानकारी दिए ।