सुखड । कैलाली जिल्लाको घोडाघोडी नगरपालिका वडा न ५ सेउकलिया मा रहेको फुलबारी सामुदायिक वन उपभोक्ता समुह सेउकलियाको २० औ वार्षिक साधारणसभा तथा सार्बजनिक सुनुवाइ का साथै सभा हल उदघाटन कार्यक्रम सप्पन्न भएको छ।
सभाकाे बसन्ता सरक्षित बन परिषदका अध्यक्ष पुस्कल बहादुर बमले समुद्घाटन गरे ।
प्रमुख अतिथिको आसान बाट बोल्दै बसन्ता सरक्षित बन परिषदका अध्यक्ष पुस्कल बहादुर बमले भने फुलबारी सामुदायिक वन कैलाली जिल्लाको सबैभन्दा पुरानो सामुदायिक बन हो । यो तराइ भु - परिधी कार्यक्रम ताल २०६६ /१२/१९ मा बायोग्यास नमुना गाउ घोषणा गरेको थियो । यहाँ उपभोक्ताहरुले अहिले पनि वन सरक्षणमा दिनरात भन्दैन हरेक कुरामा सकारात्मक रुपमा आगाडी बढी रहेका छन् , सामुदायिक बनले अहिले निकै राम्रो काम गरेको बताए।
सामुदायिक बन सरक्षण सङै सदुपयोग गर्न पाइने हो । बन बिकासका कार्यक्रम गर्न सकिन्छ ।
कार्यक्रमको बिशिस्ट अतिथी घोडाघोडी नगरपालिका वडा न ५ वडाअध्यक्ष श्री लोक बहादुर चन्द वनलाइ कसरी पार्दशिकता बनाउने घोडाघोडी नगरपालिकाको पहिलो दर्ता भएको सामुदायिक बन हो । धेरै बन अझै प्रस्तावित रहेका छन सामुदायिक बनले गाई ब्यबस्थापनका लागि सामुदायिक बनको प्रत्यक्ष निगरानीमा नगरपालिका को सहयोगमा कान्जी हाउस निर्माणका आग्रह गरे । सडकमा रहेका गाई लाई मात्र नगरसरकारले जिम्मा लिने तर घर बाट ल्यायर कान्जी हाउसमा छोड्न नपाइने, गाउँ बस्तिमा गाई बस्तु पालेरका हरु अभिलेखी करण गर्ने बताए । सामुदायिक बनले थोरै मात्रमा कान्जी हाउस बनाउनका लागि कन्द्रा नदि नियन्त्रण का लागि जनता को तटबन्धन कार्यक्रम सघ को हो त्यो मा हाम्रो कान्द्रा नदि नियन्त्रणका लागि रहेको बताए ।
कार्यक्रममा सुभकामना दिदै सब डिभिजन बन कार्यलयका सुखडका प्रतिनिधि जुगराम चौधरीले भने सामुदायिक बनले बिधान अनुसार काम गर्नु पर्छ । चोरिसिकारी नियन्त्रण, वन्यजन्तुको बासस्थान सुबार्सिक आम्दानी ३५ % सामुदायिक बन बिकासमा , २५% गरिबी न्यूनीकरणमा बाकी रहेको बिकासका पुर्वाधार निमार्ण शिक्षा , स्वास्थ्य लगायतका काम प्रयोग गर्न सक्छ समुह पार्दशिर्ताका आधार राम्रो गर्ने बताए ।
बडघर साहुराम चौधरीले भने समुहको बन अतिक्रमण कसरी हटाउने , गाउँ रहेर काम गर्ने वातावरण हुनु पर्ने बताए , डोके बजार अतिक्रमण हटाउन का लागि सबै सङ सहकार्य तथा समन्वय हुने गर्नु पर्ने बताए ।
हरियाली सामुदायिक बन अध्यक्ष बेद बहादुर चौधरी , घोटेली सामुदायिक वन उपभोक्ता समुहको अध्यक्ष धर्म राज कडेल लगायतका ले शुभकामना दिए ।
सामुदायिक बनले बन र वातावरण जोगाउनका लागि राम्रो काम गरेको भन्दै दुई जनालाइ पुरस्कृत राम बहादुर चौधरी शिव पार्बती मन्दिर पुजारी र सामुदायिक बनका वन हेरालु तिलक राम चौधरी लाई साधारणसभा मा पुरस्कृत गरेको हो ।
आर्थिक बर्ष २०७८/२०७९ १० लाख ४४हजार ६सय उनसत्तरी रुपैया बराबरको आयब्याय अध्यक्ष पन्चराम चौधरीले पस्तुत गरेका थिए ।