धनगढी । सुदूरपश्चिम प्रदेशको भौतिक पुर्वाधार विकास मन्त्रीमा नियुक्त कांग्रेका युवा नेता प्रकाश देउवाले पदभार ग्रहण गर्दै पुलको गुणस्तरीय मापनचित्र तयार पार्ने निर्णय गरेका छन् ।
मन्त्रालयको कार्यभार सम्हाल्दै उनले यस्तो निर्णय गरेका हुन् । ‘विशेषगरि सुदूरपश्चिम भौतिक पुर्वाधारका हिसाबले पनि पछाडि छ,’ उनले भने ‘भौतिक पुर्वाधारको विकास गर्नुपर्ने मेरो काँधमा जिम्मेवारी आएको छ । यहाँका दुरदराजलाई सुगम क्षेत्रसंग जोड्ने कुरा लगायत समग्र भौतिक विकासका लागि पूराना कामलाई सिकाइका रुपमा लिएर नयाँ कामपनि हामी अगाडी बढाउनेछौँ ।’