सुदूरपश्चिम प्रदेश सभाको बैठक दिउँसो ४ बजेसम्मका लागि स्थगित

धनगढीः सुदूरपश्चिम प्रदेश सभाको बैठक पुनः स्थगित भएको छ। आज दिउँसो १ बजेका लागि बोलाईको बैठक स्थगित भएको हो।प्रदेश सभाको पहिलो अधिवेशनको सातौँ बैठक विशेष कारणवश आज दिउँसो ४ बजेसम्मका लागि स्थगित भएको प्रदेश सभा सचिवालयले सुचना मार्फत जानकारी गराएको छ।
मुख्यमन्त्री राजेन्द्रसिंह रावलले मुख्यमन्त्रीमा विश्वासको मत लिने आज अन्तिम दिन हो।
नागरिक उन्मुक्तिले विश्वासको मत नदिने बताउँदै आएको छ। नागरिक उम्मुक्तिको साथ नपाए मुख्यमन्त्री रावलले विश्वासको मत पाउने अवस्था छैन्। नागरिक उन्मुक्तिलाई ४ बजेसम्म फकाउन सकिन्छ की भन्ने दाउमा एमाले देखिएको छ।