सुदूरपश्चिम सरकार गठनमा शिर्ष नेताको सक्रियता

धनगढी । सुदूरपश्चिम प्रदेश सरकार गठनमा शिर्ष नेताकाे सक्रियता बढेकाे छ ।
प्रदेशका मुख्यमन्त्रीमा नियुक्त राजेन्द्र सिंह रावललाई विश्वासकाे मत कायम गराउन नेकपा एमालेका शिर्ष नेताहरू सक्रियताका बढेकाे हाे ।
केन्द्रमा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले उन्मुक्ति पार्टीलाई सहमति ल्याउन सक्रियता देखाएका छन भने प्रदेशमा नेकपा ईन्चार्ज लेखराज भट्ट, सह-ईन्चार्ज दामाेदर भण्डारी अन्य दलसंग सहकार्य तथा सहयाेगका लागि छलफल तथा वार्ता गरेका छन ।
सरकार जोगाउने उद्देश्यले उद्योग मन्त्री दामोदर भण्डारी बुधवार साँझ धनगढी पुगेका हुन । राति अवेरसम्म नेकपा एमालेका सुदूरपश्चिम इन्चार्ज लेखराज भट्टको घरमा मुख्यमन्त्री सहित नेकपा एमालेका नेताहरूको बैठक बसेको थियो ।
त्यहीबाट नेकपा एमालेका नेताहरूले समाजवादीका संसदीय दलका नेता दीर्घ सोडारी, स्वतन्त्र सांसद डाक्टर तारा जोशीलाई एमालेका नेताहरूले टेलिफोन मार्फत सरकारमा सहभागी हुन अफर गरेका थिए ।