समाचार प्रभाव : धनगढीका प्रमुख प्रशासकीय अधिकृतले दिए फूलवारी खबरलाई धन्यवाद

धनगढी । धनगढी उप-महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामलाल श्रेष्ठले फूलवारी खबरलाई धन्यवाद व्यक्त गरेका छन् । धनगढी-१९ का सचिव हरिप्रकाश भट्टले कार्यालय समयमा मदिरा सेवन गरी सेवाग्राहीको कामप्रति बेवास्था गरेको समाचार प्रकाशित गरेपछि तथ्य सूचना प्रवाह गरेकोमा फूलवारी खबरलाई धन्यवाद दिएका हुन् ।
अधिकृत श्रेष्ठले जनभावना बिरोधी काम गर्ने राष्ट्रसेवक कार्मचारीलाई समाचार प्रकाशित गरी जनता प्रति उत्तरदायी बनाउन सहयोग गरेकोमा फूलवारी खबरलाई धन्यवाद दिएका हुन् । वडा नम्वर - १९ का सचिव भट्टले मदिरा सेवन गरी कार्यालयको काममा गैर जिम्मेवार भुमीका निर्वाह गरेको बिषयमा टेलिफोन प्रतिक्रिया लिने क्रममा श्रेष्ठले फूलवारी खबरको प्रसंशा गरेका हुन् ।
अधिकृत श्रेष्ठले कार्यालय समयमा मदिरा सेवन गरी गैर जिम्मेवार कार्य गर्ने वडा सचिव भट्टलाई कानुनी कार्वाही गर्ने प्रतिबद्धता समेत जनाए । फूलवारी खबरले धनगढी-१९का वडा सचिव भट्टले कार्यालय समयमा मदिरा सेवन गरी कार्यालयको सेवा प्रवाहमा गैर जिम्मेवार बनेको समाचार प्रकाशित गरेको थियो । फूलवारी खबरमा समाचार प्रकाशित भए लगत्तै सचिव भट्टलाई मदिरामा लठ्ठ भएकै अवस्थामा नगर प्रहरीले नियन्त्रणमा लिएको समेत बताईएको छ ।