प्रदेश सभा बैठकमा सहभागी नहुने उन्मुक्तिको संकेत

धनगढी । सुदूरपश्चिम प्रदेश सभाको बुधबार बस्ने बैठकमा नागरिक उन्मुक्ति पार्टी सहभागी नहुने संकेत गरेको छ ।
काठमाण्डौं डिल्लीबजारमा छलफलमा रहेका उन्मुक्तिका प्रदेश सभा सदस्यहरू नेता रेश्म चौधरीसंग छलफलमै रहेकाले बुधबार बस्ने बैठकमा सहभागी नहुने संकेत गरेका हुन् ।
आज उन्मुक्तिका प्रदेश सभा सदस्य प्रदेश सभा बैठकमा नलिने बताउँछन् । हामी काठमाण्डौंमै छलफल र वार्तामा छौ संसदीय दलका नेता रामेश्वर चौधरी भन्छन् हेरौं भोली या पर्सि फर्कन्छौं । उनले मुख्यमन्त्री रावललाई माग र मुद्दा सम्बोधन गराउन समय दिए पनि गम्भीर नबनेको प्रतिक्रिया दिए ।
प्रदेश सभाको बैठक बुधबार १ बजे बोलाईएको छ । मुख्यमन्त्री रावलले विश्वासको मत लिने कार्यसूचि रहेको छ ।