शिव शिखर बहुउद्देश्यीय सहकारी संस्था बन्द भएपछि पैसा डुब्ने पिरमा बचतकर्ता

धनगढी । ‘खाता खोलेको पाँच वर्ष भयो ५ लाख जति बचत होला सबैले सहकारी संस्था बन्द भयो भनेपछि म पनि यहाँ पुगेकी हुँ धनगढी ८ की केशरी रानाले भनिन् पैसा डुब्ने चिन्ताले सताएपछि पैसा पाइन्छ कि भनेर पुगेकी हुँ । कैलालीको धनगढीमा रहेको शिव शिखर बहुउद्देश्यीय सहकारी संस्था अहिले बन्द भएपछि सहकारीमा बचतकर्ताको भिड लागेको छ । केशरी पनि अरु बचतकर्ता जस्तै गरेर यहाँ आफ्नो पैसा डुब्ने चिन्तामा पुगेकी हुन् । नखाई नलाई राखेको पैसा सहकारीले डुबताउँछकी भन्ने चिन्तामा उनी छिन । उनी जस्तै मंगलबार सहकारीमा धेरैको भीड लागेको थियो । करिब तीन चार दिनबाट सहकारी बन्द भएपछि उनीहरु त्यहाँ भीड लागेका हुन् । भोलिको दिन सुरक्षित गर्न पैसा जम्मा ग¥यौ तर अहिले असुरक्षा महसुस भएको उनले बताइन् ।
धनगढी उपमहानगरपालिका ५ का जाँइका पारस खड्काले पनि विगत ती चार वर्षदेखि सहकारीमा पैसा जम्मा गर्दै आएका छन् । ‘विश्वास र भरोसामा हामीले आफ्नो पैसा जम्मा ग¥यौ, लगभग साढे तीन लाख जम्मा गरेको छु ।, हामीले त का भाग्लान् र भन्ने लागेको थियो तर कार्यालय नै बन्द भएपछि हामी पनि कसरी विश्वास गर्ने हामीलाई पनि चिन्ता छ विश्वासको केही आधार त देखाउनु प¥यो ।,’ कार्यालय बन्द गरेर उहाँहरू सम्पर्कमा नआएपछि हामी चिन्तामा छौ । पैसा अव कसरी उठाउने भन्ने चिन्ता छ । प्रशासन गएर हुन्छ की स्थानीय निकायमा गएर हुन्छ न्याय र आफ्नो पैसा चाहिएको छ । उनले लिखित वा मौखिक हाम्रै सम्पर्कमा आएपछि आफू ढुक्क हुन सक्ने बताए ।
धनगढी उपमहानगरपालिका ३ चटकपुरका तीर्थ प्रसाद श्रेष्ठ पैसा लिन आउँदा सहकारी बन्द देखेपछि आफ्नो पैसा डुब्ने पिरमा छन् । एक वर्षबाट आफ्नो पैसा यहाँ जम्मा गर्दै आएका छन् तर सहकारी नै बन्द भएपछि पैसा डुब्ने चिन्तामा उनी छन् । ‘मुद्दतीको ११ लाख छ अव सहकारीमा विश्वास छैन उनले भने अव जसरी पनि भएको पैसा झिक्न पायौ भने ढुक्क हुन्थे ।,’
‘सहकारीबाट लुटपित भयो भन्ने खबर आएपछि हामी हिजो त्यहाँ पुगेका थियौ ।, धनगढीकै सुरेश भट्टराईले भने एक करोड आउँदै सबैको पैसा मिल्छ भनेपछि हामी पनि हिजो सहकारी आएका थियौ ।, तर पैसा भने आएन ।, हिजोदेखि हामी लाइनमा छौ तर सहकारी तीन देखि बन्द छ ।,’
धनगढी उपमहानगरपालिका–१ धनगढीमा रहेको शिव शिखर बहुउद्देश्यीय सहकारी संस्थामा लगानी डुब्ने चिन्ताले शेयर धनी बचतकर्ता यहाँ धाइरहेका छन् । कैलालीका विभिन्न क्षेत्रबाट आएका उनीहरुलाई अहिले आफ्नो लाखौँ रकम डुब्ने पिरले सताएको छ ।
आइतबारदेखि सहकारी बन्द भएपछि आज एक विज्ञप्ति निकाल्दै सहकारीले शेयर धनी बचतकर्तालाई पर्न गएको असुविधाप्रति क्षमा मागेको छ ।
‘सम्पूर्ण ग्राहक मानभावहरु तथा शेयर सस्दयहरुमा जानकारी गराउँदछौँ छौ की हालको आर्थिक मन्दीका कारणसबै बचत कर्तालाई एकै पटक चल्ती खाता, मुद्दती रकम र शेयर रकम झिक्न आउँदा पुजी व्यवस्थापन हुन नसक्दा तथा बजार लगानी ९कर्जा० असुली नभएका कारण धनगढी कार्यालय केही दिनका लागि बन्द गरिएको सम्पूर्णमा जानकारी गराउँदछौँ ।,
अर्को सूचना नआए सम्म तथा पुजी व्यवस्थापन नभएसम्म कार्यालय बन्द हुने जानकारी गराइएको छ । शिव शिखर बहुउद्देश्यीय सहकारी संस्थाका प्रमुख हेमराज जोशीले सूचना निकालेका हुन् ।
आइतबारदेखि बचत फिर्ता लिन सेवाग्राही सहकारीमा धाउँदै आए पनि सहकारी बन्द गरेर कर्मचारी सम्पर्कविहीन भएको उनीहरूको गुनासो छ । बिज्ञप्ती आज आएपनि तर कर्मचारी भने सम्पर्कमा आएका छैनन् ।