काठमाडौँ । सत्तारुढ गठबन्धनबाट राष्ट्रिय सभाको उपाध्यक्ष पदमा माओवादी केन्द्रकी सांसद उर्मिला अर्याल निर्विरोध निर्वाचित भएकी छन् ।
अर्यालको मात्रै उम्मेदवारी परेपछि सोमबार राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले उनी निर्विरोध निर्वाचित भएको घोषणा गरेका हुन् ।