धनगढी । बझाङको कालंगा बेसिनमा निर्माणाधीन तीन मध्ये दुई जलविद्युत आयोजनाको निर्माण कार्य पुरा भएपछि ५३।७९ मेगावाट विद्युत केन्द्रिय प्रसारण लाईनमा प्रबाह गरिएको छ ।
निजी क्षेत्रबाट निर्माण सम्पन्न भएका यी दुबै सुदूर पश्चिमका ठूला जलविद्युत आयोजना हुन् । योसंगै सुदूर पश्चिममा विद्युतको उत्पादन दोब्बर भएको छ ।
कालंगा हाइड्रो लिमिटेडका सञ्चालक तिर्थराज चटौतले निर्माण पुरा भएका ३८।४६ मेगावाट क्षमताको अपर कालंगा जल विद्युत आयोजना र १५।३३ मेगावाट क्षमताको कालंगा जल विद्युत आयोजनाको विद्युत १३२ केभी प्रसारण लाईनमा प्रवाह गरिएको बताए ।
आन्तरिक संरचनाहरुंगै प्रसारण लाइनमा विद्युत प्रवाह गर्नुअघि कुनै समस्या रहे÷नरहेकोबारे हेर्नका लागि परीक्षण गरिएकोमा दुबै आयोजनाको परीक्षण सफल भएपछि डेढ साताको फरकमा कालंगा बेसिनमा निर्मित परियोजनाहरुको विद्युत केन्द्रीय प्रसारण लाईनमा प्रवाह गरिएको हो ।
कालंगा गाड जल विद्युत आयोजनाको विद्युत गृह देखि दार्चुलाको बलाँच सब स्टेसनसम्मको ३७।८५ किलोमिटर लामो प्रसारण लाइन र आन्तरिक संरचनाहरुको परीक्षण सफल भएको हो ।
कालंगा बेसिनमा निर्माणाधीन तेस्रो १०।७ मेगावाटको सानी गाड जलविद्युत आयोजनाबाट पनि चैत मसान्तभित्र विद्युत उत्पादन हुने चटौतले जानकारी दिए ।
निर्माण सम्पन्न भईसकेको कालंगा बेसिनको तेस्रो आयोजनाले परीक्षण पछि विद्युत उत्पादन शुरु गर्ने छ । त्योसंगै सुदूर पश्चिममा निजी क्षेत्रको कालंगा हाईड्रो लिमिटेडले एउटै बेसनमा ६४।४९ मेगावट विद्युत उत्पादन गर्नेछ ।
कालंगा हाइड्रो लिमिटेडका अध्यक्ष उमेश श्रेष्ठले निर्माण सम्पन्न भएका दुईटै आयोजनाको विद्युत केन्द्रीय प्रसारण लाईनमा प्रवाह भएपछि खुशी व्यक्त गर्दै श्रेष्ठले निर्माण कार्यमा संलग्न सबै पक्षलाई धन्यवाद दिए ।
कालंगा बेसिनमा तीन वटा आयोजना निर्माणमा लागि कालंगा हाइड्रो लिमिटेडले ११ अर्ब रुपैयाँ भन्दा बढी लगानी गरेको छ ।
यी तिनै वटा आयोजना विद्युत प्राधिकरणसँग भएको विद्युत खरिद सम्झौता (पिपिए) मा उल्लेख भएको सययतालिका भन्दा ढिलो गरी सञ्चालनमा आएका हुन् । भौगोलिक विकटता, स्थानीय अवरोध, कोराना (कोभिड–१९) महामारी, गत वर्ष बर्खामा आएको भीषण बाढीले सबै आयोजनाको संरचनामा क्षति पु¥याएका कारण कलंगा विद्युत उत्पादनको तालिका पटक–पटक परिवर्तन गर्नु परेको कालंगा हाईड्रो लिमिटेडले जनाएको छ ।
११ अर्ब रुपैयाको लागतमा निर्मित तीन वटै आयोजनाको सिभिल तथा हाइड्रो मेकानिकल तर्फको सम्पूर्ण काम नेपालकै सुनाम इन्फ्रास्ट्रक्चर निर्माण प्रालिले गरेको हो ।