धनगढी । सुदूरपश्चिम प्रदेशकाे कैलालीका बालबालिकामा दादुरा पुष्टि भएकाे छ ।
कैलाली काे धनगढी उपमहानगरपालिकाका वडा नम्बर १ का दुई बालबालिकामा दादुरा पुष्टि भएकाे हाे ।
लक्षण दुई हप्ता अघि देखिएकाे थियाे तर, पुष्टि बुधबारमात्र भएकाे हाे स्वास्थ्य शाखा प्रमुख कुम्भराज जाेशीले भने ।
दादुरा देखिएपछि अन्यमा सर्न नदिन उपमहानगरले खाेप अभियान शुरू गरेकाे छ ।
वडा नम्बर १ का तीन स्थानमा खाेप केन्द्र राख्दै ६ महिनादेख १५ वर्षसम्मका बालबालिकालाई दादुरा रूवेला खाेप लगाउन छुटेकालाई खाेप लगाउन अनुराेध गरेकाे छ ।