धनगढी । नेपाल शिक्षक संघको मोहन्याल गाउँपालिकाको दोस्रो अधिवेशनबाट अर्जुनप्रसाद जैसी निर्विरोध निर्वाचित भएका छन् । जैसीको अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्यसमिति चयन भएको हो ।
जसको उपाध्यक्षमा यशोदा बम ९देउवा० र सुरेन्द्र मल्ल, सचिवमा खेमबहादुर साउँद, सह–सचिवमा सन्तोषकुमार लामिछाने, अर्थ सचिवमा चन्द्रबहादुर बिसी, सहसचिवमा रविना रास्कोटी, सह सचिव अर्थमा गणेशबहादुर बोगटी सह सचिव समावेशीमा कमलबहादुर बाठामगर र पदमबहादुर बोहरा निर्विरोध निर्वाचित भएका छन् । यस्तै सदस्यहरुमा तुलबहादुर बुढामगर, सागर घर्तीमगर, चन्द्रबहादुर बुढामगर, डम्मर दर्लामीमगर, डम्मरी कुमारी छन्त्याल, बिनु कुमारी बान्तोला र शिरिसरा बस्नेत चयन भएका छन् । अधिवेशनले वडा संयोजकहरु समेत चयन गरेको छ । वडा नम्बर १ मा सन्तोष जोल्मीमगर, वडा नम्बर २ मा शान्ति बुढा, वडा नम्बर ३ मा भक्तबहादुर कुँवर, वडा नम्बर ४ मा भीमबहादुर कुमाल, वडा नम्बर ५ मा मानबहादुर मास्कीमगर, वडा नम्बर ६ मा जय बटाला र वडा नम्बर ७ मा पहल देवकोटा चयन भएका हुन् ।