धनगढी । पछिल्लो समय लाटोकोसेरोको तस्करी र सिकार बढ्न थालेपछि नेपालमा बिस्तारै यसको लोप हुँदै गएको छ । धार्मिक हिसाबले देवी लक्ष्मीको बाहनका रुपमा चिनिने लाटोकोसेरो किसानको साथीका रुपमापनि चिनिन्छ । बिहान उज्यालो भएको र रात परेको समेत संकेत गर्ने यो चरा पछिल्लो समय चोरी सिकारी र तस्करीका कारण लोप हुँदै गएको छ । लाटोकोसेरोको महत्व र यसको संरक्षणका लागी कैलालीमा लाटोकेसेरो महोत्सव लाग्न लागेको छ । कैलालीको घोडाघोडीमा आगामी माघ २० र २१ गते नेपाल लाटोकोसेरो तथा हुचिल उत्सव लाग्ने भएको छ ।
पर्यावरणलाई सन्तुलित राख्न महत्वपुर्ण भुमिका खेल्ने लाटोकोसेरो चरा पछिल्लो समय चोरी सिकारी तथा तस्करीको चपेटामा पर्दा बिस्तारै लोप हुने खतरा बढ्दै गएको छ । मुसा, किरा, फट्याग्रां, सर्प तथा भ्यागुताको संख्या नियन्त्रण गर्ने लाटोकासेरोले प्रकृतीलाई स्वस्थ बनाउने गर्दछ । यति मात्रै नभएर धार्मिक हिसाबले देवी लक्ष्मीको बाहनका रुपमा चिनिने लाटोकोसेरो किसानको साथीका रुपमापनि चिनिन्छ ।
लाटोकोसेरोको महत्व नबुझेकै कारण पछिल्लो समय यसको चोरी तस्करी बढेपछि कैलालीमा यसको संरक्षणकै लागी लाटोकोसेरो तथा हुचिल उत्सव हुन लागेको छ । माघ २० र २१ गते घोडाघोडी बर्ड स्यन्चुरी क्षेत्रमा हुने उत्सवमा चरा तथा प्रकृतीको अवलोकन, लाटोकोसेरा सम्बन्धि म्युजियम प्रदर्शनी गरिने आयोजक संस्था चरा संरक्षण नेटवर्कका अध्यक्ष डि आर चौधरीले बताए । उनका अनुसार महोत्सवमा साँई किचकिच, छुर टिटि, कोइली दिदि, भुरुङ लगायतका खेलको समेत प्रदर्शनी हुने छ ।
किसानको साथी भनेर चिनिने तर संरक्षणको हिसावले ओझेलमा परेको लाटोकोसेरो तथा हुचीलहरुको संरक्षणका लागि यो उत्सव आयोजना गर्न लागिएको हो । स्थानीय सांस्कृतिक कार्यक्रम तथा खेलहरुको माध्यमबाट पर्यापर्यटन प्रवर्द्धन गर्ने उद्धेश्य समेत राखिएको छ । यसअघि यो उत्सव धादिङ, चितवन, नवलपरासी, गोरखा, कास्की, कपिलवस्तु, दोलखा, खोटाङ र स्याङजा जिल्लामा सम्पन्न गरिसकिएको छ । यस किसिमको उत्सव नेपालबाहेक संसारभर अमेरिका, इटाली र भारतमा पनि मनाइन्छ ।
गैँडा लगायत बन्यजन्तुकै हाराहारीमा सिकार तथा अबैध ब्यापार हुन थालेपछि यिनको संरक्षणमा समेत चासो बढेको छ । औषधी, झारफुक तथा घरमा पाल्नका लागी भारत, चिन लगायत बिभिन्न खाडी मुलुकमा यिनको अबैध कारोबार भएर बार्षिक २ हजार बढी लाटोकोसेरो मारिने गरेको महोत्सव आयोजक संस्था प्रकृतीका साथीहरुका निर्देशक राजु आचार्यले बताए । यिनको संरक्षणकै लागी महोत्सवले महत्वपुर्ण भुमिका खेल्ने अपेक्षा लिइएको उनले बताए ।
कैलालीको घोडाघोडी स्थित माघी होमस्टेमा रहेको नव प्रभात बिद्यालयमा आयोजना हुन लागेको लाटोकोसेरो महोत्सवले माघी होमस्टेकोपनि प्रबद्र्धन हुने अपेक्षा लिइएको छ । नेपाल तथा भारतका चरा बिषेशज्ञहरुको सहभागिता हुने उत्सवले बढीभन्दा बढी जानकारी दिने उद्देश्य राखेको छ ।