धनगढी । कैलालीकाे धनगढीमा धर्मदेव पशुपति स्मृति प्रथम खुल्ला राष्ट्रिय ब्याडमिन्टन प्रतियाेगिता २०७९ हुने भएकाे छ ।
पुलिस पब्लिक ब्याडमिन्टन क्लबकाे आयाेजनामा फागुन ११ गतेदेखि प्रतियाेगिता हुने भएकाे हाे ।
प्रदेश प्रहरी कार्यालयकाे ब्याडमिन्टन हलमा फागुन ११, १२ र १३ गते प्रतियाेगिता हुने बिहिबार पत्रकार सम्मेलन गरि जानकारी दिईएकाे हाे ।
संयाेजक मेम्बर सिंहका अनुसार देशभरमै सर्वाधिक पुरस्कार राशीकाे ब्याडमेन्टन प्रतियाेगिता प्रदेशमा संचालन हुन लागेकाे हाे ।
प्रतियाेगितामा खुल्ला डबल्स, ४५ प्लस भेट्रान र ५५ प्लस भेट्रान गरि तीन ईभेन्टमा संचालन गरिने बताए ।
खुल्ला डबल्समा प्रथमलाई १ लाख २१ हजार, द्धितियलाई ७१ हजार र तृतियलाई ५१ हजार रकम पुरस्कारसंगै मेडल तथा ट्रफी प्रदान गरिने छ ।
४५ प्लस भेट्रान अर्न्तगत प्रथमलाई ५१ हजार, द्धितियलाई ३१ हजार र तृतियलाई २१ हजार नगद तथा ५५ प्लस भेट्रान अर्न्तगत प्रथमलाई ३१ हजार, द्धितियलाई २१ हजार र तृतियलाई ११ हजार नगदसहित ट्रफी, मेडल प्रदान गरिने संयाेजक सिंहले बताए ।
प्रतियाेगिताकाे जम्मा पुरस्कार राशी चार लाख नाै हजार हुने छ ।
प्रतियाेगितामा सहभागी हुने खेलाडी ओपन डबलमा ३ हजार तथा भेट्रानतर्फ दुई हजार प्रवेश शुल्क ताेकिएकाे छ ।
प्रतियाेगितामा फागुन ९ गतेभित्र नाम दर्ता गरिने र १० गते टाईसिट निकालिने उनले बताए ।
सटर कटमा याेनेक्स सनराईज प्रायाेजक रहेकाे छ ।