कैलालीको प्रमुख जिल्ला अधिकारीमा कटेल आउँदै

धनगढी । कैलालीको प्रमुख जिल्ला अधिकारी किरण थापाको सरुवा भएको छ। उनको स्थानमा युवराज कटेल आउने भएका छन्।
शुक्रवार उपप्रधान तथा गृहमन्त्री स्तरको निर्णयअनुसार राजपत्राङ्कित प्रथम श्रेणीका प्रमुख जिल्ला अधिकारी, सहायक प्रमुख जिल्ला अधिकारी लगायतका कर्मचारीहरूको सरुवा भएको छ। सोही अनुरूप थापाको नुवाकोट सरुवा भएको र जिल्ला प्रशासन कार्यालय धनकुटामा कार्यरत कटेल कैलाली आउन लागेको जिल्ला प्रशासन कार्यालय कैलालीले जानकारी दिएको छ।