सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री रावल काठमाण्डौं

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्र सिंह रावल काठमाण्डौं पुगेका छन ।
मन्त्रीमण्डल विस्तार तथा विश्वासकाे मत कायम गराउन लगायत विषयमा सत्तारूढ गठबन्धनका नेतासंग छलफल गर्न काठमाण्डाै पुगेका हुन् ।
पुस २८ गते मुख्यमन्त्रीमा नियुक्त रावलले ११ गते विश्वासकाे मत लिने तयारी गरेका छन् । सभामा विश्वासकाे मत कायम गराउन सत्तारूढ दलका शिर्ष नेताबिच भेटघाट गर्ने उनकाे कार्यतालिका रहेकाे छ ।
मुख्यमन्त्री रावलले प्रदेशमा मन्त्रीमण्डल विस्तारका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र उन्मुक्तिका नेता रेशम चौधरीलाई समेत भेटघाट गर्ने जनाईएकाे छ ।