सभामुखका लागि निर्वाचन आज, यस्तो छ कार्यसूची

काठमाडौँ । प्रतिनिधि सभाका सभामुख पदका लागि आज बिहीबार निर्वाचन हुने भएको छ । नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा बिहान ११ बजेदेखि मतदान हुने संघीय संसद् सचिवालयले जनाएको छ ।
सभामुखको लागि सत्ता गठबन्धनको नेकपा एमालेबाट सांसद देवराज घिमिरेले उम्मेदवारी दिएका छन् । झापा–२ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित सांसद घिमिरेको प्रस्तावकमा एमाले नेता एवं पूर्व सभामुख सुवासचन्द्र नेम्वाङ, समर्थकमा माओवादीका प्रमुख सचेतक हितराज पाण्डे, राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन र राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने रहेका छन् ।
यस्तै नेपाली कांग्रेसबाट सभामुखमा ईश्वरी न्यौपानेले उम्मेदवारी दिएकी छन् । समानुपातिक सांसद न्यौपानेको प्रस्तावकमा कांग्रेसका महामन्त्री विश्व प्रकाश शर्मा र समर्थकमा एकीकृत समाजवादीका नेता प्रकाश ज्वाला रहेका छन् ।
प्रतिनिधि सभामा २७५ जना सांसद छन्। अहिलेको सत्ता साझेदारमा १ सय ६९ सांसद छन्। सभामुख निर्वाचित हुन कम्तीमा १ सय ३८ मत ल्याउनुपर्छ।