वाईवाई एसईई आइडलका ३ अडिसन सम्पन्न

धनगढी । सुदूरपश्चिम प्रदेश स्तरीय नृत्य र गायन विधाको प्रतियोगिता वाईवाई एसईई आईडलको आज धनगढीमा ३ वटा अडिसन सम्पन्न भएका छन् ।
प्रभात मिडिया एण्ड ईभेन्ट प्रा लिले आयोजना गरेको आईडलको दोस्रो, तेस्रो र चौथो अडिसन क्रमश: चौतन्य पाठशाला, धनगढी मावि र ग्ली एकेडेमीमा सम्पन्न भएको कुरा कार्यक्रमका संयोजक गुणाकर पनेरुले जानकारी गराएका छन् । यस अघि धनगढीकै हिलवर्ड ई. बो. स्कूलमा पहिलो अडिसन समपन्न भईसकेको छ ।
सुदूर पश्चिमका कुना काप्चामा लुकेर रहेका नृत्य र गायन प्रतिभा उजागर गर्ने उद्देश्यले आयोजित यस प्रतियोगिताका २५ वटा अडिसनहरु वि.सं. २०८० को जेष्ठ महिनासम्म सुपका ९ जिल्लामा आयोजना हुनेछन् । अडिसनमा सहभागी नृत्यहरु मध्ये उत्कृष्ट २० र गायन प्रस्तुती मध्ये उत्कृष्ट १० प्रस्तुतीलाई २०८० असार २ मा धनगढीमा हुने फाईनलमा समावेश गरिनेछ ।
नृत्य तर्फको विजेता र उप-विजेताले नगद पुरुस्कार क्रमश: रु. ५० हजार र रु. २५ हजार सहित ट्रफि, विभिन्न गिफ्ट ह्याम्पर पुरुस्कार पाउनेछन् भने गायन तर्फको विजेता र उप-विजेताले नगद पुरुस्कार क्रमश: रु २० हजार र रु. १० हजार सहित ट्रफि, विभिन्न गिफ्ट ह्याम्पर हात पानेछन् । साथै दुवै विधाका विजेता र उप-विजेताहरुले कक्षा ११ मा छात्रवृत्ति पनि पाउनेछन् ।
यस कार्यक्रममा एसपिए र रेडिकल एकेडेमीको पनि सहयोग रहेको छ ।