मौसम पूर्वानुमान : पश्चिम नेपालमा भोलि र पर्सि पानी पर्ने सम्भावना

काठमाडौँ । आज पनि मौसम बदली भएको छ । पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभावका कारण मौसम बदली भएको हो ।
आज गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको पहाडी भू भागमामा आंशिक बदली रहेको छ । तराईका केही भूभागमा हुस्सुरकुहिरो लागेको छ र बाँकी भूभाग सामान्यतया सफा छ ।
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज कर्णाली प्रदेश,गण्डकी प्रदेश र प्रदेश १ को उच्च पहाडी तथा हिमाली भूभागहरूका केही ठाउँमा दिउँसो र राति हिमपात हुने सम्भावना छ ।
सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशलगायत पहाडी भूभागमा बिहीबार भने बदली भई हिमपातका साथै वर्षा पनि हुने सम्भावना रहेको छ ।