नेपाल विद्यार्थी संघ कैलालीको अध्यक्षमा कुँवर मनोनित

धनगढी । नेपाल विद्यार्थी संघ कैलालीको अध्यक्षमा मनिष कुँवर मनोनित भएका छन । कैलालीमा अध्यक्ष पद रिक्त रहेकोमा केन्द्रिय कार्यालयले कुँवरलाई मंगलबार अध्यक्ष पदमा मनोनित गरेको हो । नेपाल विद्यार्थी संघ केन्द्रिय कार्यालयले जिल्लाहरुमा रिक्त रहेका पदहरुको विवरण माग गरेको थियो ।
सोही अनुसार केन्द्रिय कार्यालयले नेपाल विद्यार्थी संघको विधान २०२७ को छैटौं संसोधन २०७५ बमोजिम तिन महिना भित्र जिल्ला अधिवेशन सम्पन्न गर्ने गरी कुँवरलाई कैलाली जिल्ला अध्यक्षको जिम्मेवारी दिएको जनाएको छ ।