यती एयर दुर्घटना आज बिहानैदेखि उद्धारकार्य थालिने

काठमाडौं । पोखरामा आइतबार बिहान भएको यती एयरलाइन्सको विमान दुर्घटनाको उद्धारकार्य आज पुनः थालिने भएको छ । आज बिहानैदेखि उद्धारकार्य गरिने कास्कीका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले बताए ।
हिजो बिहान १० बजेर ३२ मिनेटमा काठमाडौंबाट पोखराका लागि उडेको ९एनएएनसी विमान पोखरा विमानस्थलनजिक सेती नदीको खोँचमा खसेको थियो । हिजो दिनभरि गरिएको उद्धारकार्य रात परेपछि उद्धारकार्य रोकिएको थियो ।
उक्त विमानमा चालक दलका चार सदस्यसहित ७२ जना सवार थिए । त्यसमध्ये हालसम्म ६८ शव फेला परेको नेपाल नागरिक उड्ड्यन प्राधिकरणले जनाएको छ ।