सुदूरपश्चिम प्रदेश सरकारकाे प्रथम कार्यकाल सकियाे

धनगढी ।सुदूरपश्चिम प्रदेशमा प्रथम कार्यकालमा निर्वाचित जनप्रतिनिधिकाे कार्य अवधि सकिएकाे छ ।
मुख्यमन्त्रीमा नेकपा एमालेका राजेन्द्र रावल नियुक्त भएसंगै २०७४ सालमा निर्वाचित जनप्रतिनिधिकाे कार्य अवधि सकिएकाे हाे ।
प्रथम कार्यकालका जनप्रतिनिधिलाई बुधबार प्रदेश प्रमुखले विदाई तथा सम्मान गरेका थिए ।
निवर्तमान मुख्यमन्त्री त्रिलाेचन भट्ट सहित मन्त्री तथा प्रदेश सभा सदस्यलाई खादा ओढाएर सम्मान गरेका थिए ।