सुदूरपश्चिममा कांग्रेस संसदीय दलको बैठक सर्याे

धनगढी । सुदूरपश्चिम प्रदेश सरकार गठन लगायतका विषयमा रणनीति बनाउन कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ । कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाहले बिहान साढे १० बजे बैठक बोलाएका हुन् ।
बिहान ८ बजे बाेलाईएकाे बैठक साढे १० बजे सारिएकाे हाे ।
संसदीय दलका नेता कमलबहादुर शाह धनगढी नपुगेपछि बैठक सारिएकाे हाे ।
प्रदेशसभा सदस्य प्रकाश बमले समसामयिक विषयमा छलफल गर्न दलको बैठक आह्वान गरेपनि दलकाे नेता नपुग्दा बैठक सारिएकाे बताए ।
उनकाअनुसार बैठकमा प्रदेश सरकार गठन, सभामुखको मनोनयन लगायतका विषयमा छलफल हुनेछ ।
प्रदेश प्रमुखले मुख्यमन्त्रीमा दाबी पेश गर्न दिएको समय मंगलबार साँझ ५ बजे सकिदैछ । निर्धारित समयभित्रै मुख्यमन्त्रीमा सत्तारुढ गठबन्धनका तर्फबाट एमालेका राजेन्द्र रावलले दाबी पेश गर्ने तयारी गरेका छन् ।