काठमाडौं । सत्ता साझेदार दलहरूले साझा कार्यक्रमलाई अन्तिम रूप दिने तयारी गरेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिने समय नजिकिएसँगै दलहरू न्यूनतम साझा कार्यक्रम आज बिहीबार टुंगो लगाउने कसरतमा जुटेका हुन् ।
हिजो बालुवाटारमा बसेको बैठकले भ्रष्टाचार नियन्त्रण, सेवा प्रवाहलाई चुस्त बनाउने लगायतका विषयमा कार्यक्रममा प्राथमिकताका साथ अगाडि बढाउने सहमति गरेका थिए । यस्तै सकेसम्म छिटो गठबन्धनले केन्द्रदेखि प्रदेशसम्मको भागबन्डाको टुंगो पनि लगाउने तयारी गरेको छ ।