धनगढी । कोठामा निसासियर कैलालीका तीन जना नेपालीको भारतमा मृत्यु भएको छ ।मजदुरी गर्न भारत गएका तीन नेपालीको कोठामा सुतिरहेको अवस्थामा मृत्यु भएको हो ।
भारतको उत्तरप्रदेशको मेरठमा डोटीको बडिकेदार गाउँपालिका वडा नम्बर ५ लाना घर भई हाल कैलालीको गौरिगंगा नगरपालिका वडा नम्बर १ गोप्काका तीन जनाको मृत्यु भएको हो ।
कामका लागि भारतको मेरठमा श्रम गर्दै आएका भुलको परिवार कोठामा कोइला (रेलमा प्रयोग हुन )तीन बालेर सुतिरहेको अवस्थामा चन्ने भुल, उनकी श्रीमती कुमारी भुल र दुई वर्षकी छोरीको मृत्यु भएको आफन्त गोपी भुलले बताए ।
बन्द कोठामा कोइला बालेर सुतिरहेका उनीहरूको निसासियर मृत्यु भएको थियो । मृतकको घरमा दुई छोरी र एक छोरा छन ।