नेप्से १७.२६ अंकले वृद्धि, यी १० कम्पनीको सेयर सर्वाधिक बढ्यो

काठमाडौं । सेयर बजारको उकालो यात्रा जारी छ । आइतबार नेप्से १७.२६ अंकले बढेर २०४६.२९ विन्दुमा अडिएको छ । आज ४ अर्ब रूपैयाँभन्दा बढीको कारोबार भयो ।
सृजनशील लघुवित्तको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । १० प्रतिशतले बढेको यस कम्पनीको सेयर प्रतिकित्ता १९४१.६० रूपैयाँ पुगेको छ । धौलागिरी लघुवित्त र खप्तड लघुवित्तको सेयर मूल्य पनि ९.९९ प्रतिशतले बढेको छ । योसँगै धौलागिरीको सेयर मूल्य प्रतिकित्ता १ हजार १५० र खप्तडको ९५९.८० रूपैयाँ पुगेको छ ।
यस्तै अजोड इन्सुरेन्सको ९.९८ प्रतिशतले बढेर प्रतिकित्ता ४६६ रूपैयाँ पुगेको छ । प्रभु लाइभको पनि ९.९८ प्रतिशतले बढेर ४७५ प्रतिसेयर कायम भएको छ । एनआईबीएल समृद्धि फण्ड २ ७.४४ रुपैयाँ प्रति इकाइ, ग्लोबल आईएमई ब्यालेन्स फण्ड १ ८.५९ रूपैयाँ प्रति इकाइ, एसियन लाइफ इन्सुरेन्स ६३२ रुपैयाँ, प्रभु इन्सुरेन्स ४९३ रुपैयाँ र सानिमा लाइफ इन्सुरेन्स ४१५ रुपैयाँ को सेयर आजको कारोबारमा सबैभन्दा धेरै बढ्नेको सूचीमा छन् ।