कैलाली प्रहरी प्रमुख पाल कार्यालयमा हाजिर

कैलाली । जिल्ला प्रहरी कार्यालय कैलालीमा प्रहरी उपरिक्षक तथा कैलाली प्रमुख देवेन्द्रबहादुर पाल जिल्लामा हाजिर भएका छन्। गत पुस ४ गते पालको तालुक प्रहरी प्रधान कार्यालय, मावन श्रोत एमः प्रशासन विभाग, कर्मचारी प्रशासन शाखाबाट कैलाली काजमा पाल सरुवा भएका थियो।
उनलाई जिल्लामा प्रहरी अधिकारीहरुले स्वागत गरेका छन्। कैलाली जिल्लाका प्रहरी प्रमुख शोमेन्द्रसिँह राठोरको ठाउँमा पाल कैललीमा आएका हुन ।