कैलालीको अत्तरीयामा व्यवसायी माथी गोली चल्दा सो क्षेत्र त्रासमा, घटनाको अनुसन्धान गर्दै प्रहरी

कैलाली। कैलालीको अत्तरियामा सोमबार साँझ सुनचाँदी व्यवसायीमाथि गोली प्रहार भएको छ। ईलाका प्रहरी कार्यालय मालाखेती र सशस्त्र प्रहरीको सुदूरपश्चिम मुख्यालयनजिकै गोदावरी नगरपालिका १ धनगढी रोडमा रहेको न्यु घोडाघोडी सुनचाँदी पसलका सञ्चालक ३१ वर्षीय विकास गौतम सुनार माथि मोटरसाइकलमा आएका दुई जनाको समूहले गोली प्रहार गरेको थियो ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक बेदप्रकाश जोशीले पसल बन्द गरेर डेरातिर जाँदै गरेका विकासलाई गोदावरी नगरपालिका २ सशस्त्र प्रहरीको मुख्यालयअगाडि पूर्वबाट पश्चिमतर्फ आउदै गरेको नम्बर नखुलेको सेतो कलरको अपाचे मोटरसाइकलमा आएका दुईजना व्यक्तिले गोली हानेर उनीसँग रहेको तयारी सुनका करिब ३२ /३३ तोला सुन लुटेर फरार भएको बताए।
गोलीबाट एक जना सुन व्यबसायी घाइते भएका छन् । उनको पद्मा अस्पतालमा उपचारपछि खतरामुक्त रहेका विकासको अहिले धनगढीस्थित मायामेट्रो अस्पतालमा उपचार भैरहेको छ । उनको हातमा गोली लागेको प्रहरीले जानकारी दिएको छ । प्रहरीले लुटेराहरूको पहिचानका लागि सुनचाँदी पसलदेखि गोली प्रहार भएको स्थानका सिसिटिभी क्यमेराको फुटेजको समेत अनुसन्धान गरिरहेको जनाएको छ