एजेन्सी । भारी वर्षाका कारण कंगोमा आएको बाढीपहिरोमा परी कम्तीमा १०० जनाको मृत्यु भएको छ भने कैयौ घाइते भएका छन् ।
प्रधानमन्त्री जीन मिसेल सामा लुकोन्डेले खोज तथा उद्धारमा अधिकारीहरू अझै क्रियाशील रहेका बताएका छन् । प्रधानमन्त्री लुकोन्डेले बाढीपहिरोमा परी हराएकाको खोजी भइरहेको, त्यसबाट भएको क्षतिको आकलन पनि भइरहेको सरकारी टेलिभिजनलाई बताएका छन् । झण्डै १२ लाख जनसंख्या रहेको राजधानी किन्सासाका २४ वटा क्षेत्र बाढीपहिरोबाट अधिक प्रभावित भएका छन् । घरहरू डुबेका छन् भने सडक भत्किएका छन् ।
गालिमिया क्षेत्रमा ३६ जना भन्दा बढीको मृत्यु भएको तथा शवको गणना भइरहेको, शहरको अर्को भागमा एकै परिवारका ५ जनाको मृत्यु भएको तथा केहीको करेन्ट लागेर मृत्यु भएको नगर प्रमुख अलिद शिबान्डाले बताएका छन् ।