दार्चुलामा एक पुरुष मृत फेला

दार्चुला । दार्चुलामा एक पुरुषको शव फेला परेको छ।
दार्चुलाको शैल्यशिखर नगरपालिका–१ स्थित निग्ला जंगलमा शव फेला परेको जिल्ला प्रहरी कार्यलय दार्चुलाले जनाएको छ।
हाल नाम, थर, नखुलेको पुरुषको शव आइतबार मृत अवस्थामा फेला परेको हो। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको दार्चुला प्रहरीले जनाएको छ।