यू -१५ महिला साफ च्याम्पियनसिपको उपाधि विजेता टिमका कप्तान सहित चार खेलाडीलाई धनगढीमा भब्य स्वागत

धनगढी, २९ कात्तिक । यू १५ महिला साफ च्याम्पियनसिपको उपाधि विजेता टिमका कप्तान सहित चार खेलाडीलाई धनगढीमा भब्य स्वागत गरीएको छ । धनगढी उपमहानगरपालिका वडा नं. १९ , सुर्मादेबी युवा क्लब र स्थानीयले विजेता टिमका कप्तान दिपा रोकाय, विपना स्नेही, सिता रोकाय र अमिता भुललाई स्वागत सहित सम्मान गरेका हुन् । वडा कार्यालयमा खेलाडीलाई सम्मान पछि गाडीमा राखी फुलवारि परीक्रमा गराइएको थियो । वडा बाट चार जना खेलाडी राष्ट्रिय टिममा सहभागी हुदा सम्पुर्ण वडा बासिले खुसी व्यक्त गरेको थिए ।
नेपालको यू १५ महिला टिमकी कप्तान दिपा रोकायले उपधी जितेर आउंदा खुसी लागेको बताइन् । उनले आफु टिमको कप्तान हुन पाउंदा सपना पुरा भएको महसुुस गरेको बताइन् । उनले निरन्तर खेल्न पाएमा आगामी दिनमा यो भन्दा ठूलो उपलब्धि हासिल गर्न सकिने बताइन् ।