बिजेता खेलाडीहरुलाई सम्मान

काठमाडौ,२८ कार्तिक।बगलादेशको राजधानी ढाकामा सम्पन्न साफ यू–१५ महिला फुटबल च्याम्पियनसिप खेलकुद प्रतियोगिताका बिजता खेलाडीहरुलाई सम्मान गरिएको छ ।
सोमबार बालकल्याण माध्यामिक विद्यालय भूतपूर्व विद्यार्थी समाज लम्की कैलालीले राजधानीमा स्वागत तथा सम्मान कार्यक्रमको आयोजना गरी राष्ट्रिय टोलीको प्रतिनिधित्व गर्दै उत्कृष्ट खेल प्रदर्शन गरेका बालकल्याण माध्यामिक विद्यालय विद्यार्थी वर्षा वली र भुमिका बुढाथोकीलाई सम्मान गरिएका हा ।
कार्तिक १५ दखि २५ गतेसम्म भएका खेलमा वर्षा वलीले बंगलादेशलाई १–० गोलले हराउँदै नेपालले लगातार दोस्रो जित दिलाएकी थिईन । त्यसगरी भूटानसँगका खेलमा ७ गोल मध्ये वर्षाले ४ गोल गरकी थिइन ।
कार्यक्रमका सभापति बालकल्याण माध्यामिक विद्यालय भूतपूर्व विद्यार्थी समाज लम्कीका अध्यक्ष तारा आचार्यले बिजयी खलाडीहरुलाई खाता, पमाणपत्र र नगद सहित सम्मान गरकी थिइन । कार्यक्रममा विधार्थी नेता तारा सज्याल, पत्रकार डम्मर बम, विधार्थी नेता रमश आचार्य, विधालयका पूर्व विधार्थीहरु अरुण चौधरी, लक्ष्मी आचार्य, निरज बोहरा लगायतकाले बधाई तथा शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।भौतिक पुर्बाधारको अभाबमा आफ्ना बिद्यार्थीहरुले खेलकुदको माध्यामबट राष्ट्रलाई चिनाउने काम गरेकोमा खुसी लागेको बिधालयका सह प्राध्यापक रङ्ग प्रसाद तिमिल्सिनाले बताए ।कार्यक्रमको ब्यवस्थापन कैलाली क्षेत्र २ क प्रदेश सभाका उम्मेदवार कमल बहादुर शाहले गरेका थिए