यस्तो छ आज दिनभरको मौसम

काठमाडौँ, २० कात्तिक । आइतबार देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ।मौसम पूर्वानुमान महाशाखाका अनुसार प्रदेश १, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका थोरै स्थानमा हल्का वर्षाको सम्भावना छ।
बाँकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा सामान्य वर्षा हुनसक्ने महाशाखाले जनाएको छ।हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ।