वडा नम्बर १३ को डुवान र कटानको समस्या सामाधान गछौः गठबन्धनका उम्मेदवार

धनगढी,१९कार्तिक।कैलालीको धनगढी उपमहानगरपलिका वडा नम्बर १३ को डुवान र कटानको समस्या सामाधान गर्ने लोकतान्त्रिक बाम गठबन्धनका उम्मेदवारले प्रतिबद्धता जनाएका छन् ।गठबन्धनका उम्मेदवार डिल्लीराज पन्त र प्रकाश देउवाले वडा नम्बर १३ को चुनाबी अभियानका क्रममा सो प्रतिबद्धता ब्याक्त गरेका हुन् ।
प्रतिनिधि सभाका उम्मेदवार पन्तले डुबान र मोहना नदिले बर्सेनि कटान गरिरहेकाले आफुले जिते नदिमा तटबन्धनका लागि बजेट विनियोजन गराउने बताए ।प्रदेश सभाका उम्मेदवार देउबाले आफ्नो पहिलो प्राथमिकता नै १३ नम्बर देखि २ नम्बर सम्म तटबन्धनको योजना अघि बढाउने रहेको बताए ।
पछिल्ललो समयमा सत्ता गठवन्धन दलले कैलाली क्षेत्र नम्बर ५ मा चुनावी कार्यक्रमलाई तिव्रता दिएको छ ।
नजिकिदै गरेको प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचनलाई लक्षित गर्दै मतदाताहरुमाझ मत माग्दै सत्ता गठबन्धन दलले चुनावी कार्यक्रमलाई तिव्र रुपमा अघि बढाएका हुन ।
शुक्रबार धनगढी उपमहानगरपालिका वडा नम्बर १३ का विभिन्न टोलहरुमा चुनाबी कार्यक्रम गरेको जनाइएको छ ।