पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानमाथि गोली प्रहार

काठमाडौं, १७ कात्तिक । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानमाथी पूर्वी सहर वजिराबादमा गोली प्रहार हुँदा घाइते भएका छन् ।वजिराबादमा एउटा विरोध जुलुसका क्रममा खानमाथी गोली प्रहार गरि हत्याको प्रयास भएको बताइएको छ।
उनको दल पीटीआईका सदस्यहरूले थप चारजना घाइते भएको बताएका छन्। सो घटनामा कसैको मृत्यु भने नभएको बताइएको छ। खानको गोडाको कुन भागमा गोली लागेको भन्ने स्पष्ट छैन। तर उनका एकजना सहयोगीले उनी खतरामा नरहेको बताएका छन्।