टी २० विश्वकप आयरल्याण्ड र अफगानिस्तानबीचको खेल टस नभइ रद्द

काठमाडौं, ११ कात्तिक । अष्ट्रेलियामा भइरहेको टी २० विश्वकप अन्तर्गत आयरल्याण्ड र अफगानिस्तानबीचको खेल टस नभइ रद्द भएको छ ।मेलवर्नमा लगातार पानी परेपछि सुपर १२ अन्तर्गत समूह ए मा रहेका दुई टिमबीचको खेलको टससमेत हुन नसकेपछि दुवैले ११ अंक पाएका छन् ।
तीन खेलपछि तीन अंक नै जोडेको आयरल्याण्ड समूह ए मा दोस्रो स्थानमा उक्लेको छ । समान अंक रहेको न्युजिल्याण्ड राम्रो नेट रनरेटका आधारमा शीर्ष स्थानमा छ । अफगानिस्तानले ३ खेलबाट २ अंक जोडेको छ ।