आजदेखि सात दिन सार्वजनिक बिदा

काठमाडौं, ७ कात्तिक। तिहारको तेस्रो दिन आज लक्ष्मीपूजादेखि सार्वजनक बिदा पनि सुरू भएको छ ।सोमबारदेखि भाइटीकाको भोलिपल्ट शुक्रबारसम्म सरकारले तिहार बिदा दिएको छ । त्यसको भोलिपल्ट शनिबार परेको छ ।
कात्तिक १३ गते छठ पर्व भएकाले त्यो दिन पनि बिदा छ । कात्तिक १४ गते सोमबारबाट मात्र सरकारी कार्यालय खुल्नेछन् ।