विराटको शानदार ब्याटिङ्गमा भारतले पाकिस्तानलाई हरायो

काठमाडौं, ६ कात्तिक । आईसीसी टी–२० विश्वकप २०२२ को सुपर–१२ को पहिलो खेलमा भारतले पाकिस्तानलाई हराएको छ ।मेलबर्नमा आइतबार भएको सुपर १२ अन्तर्गतको खेलमा भारतले पाकिस्तानमाथि ४ विकेटकोब जित हासिल गरेको हो ।
पाकिस्तानले दिएको १६० रनको लक्ष्य भारतले २०औं ओभरको अन्तिम बलमा ६ विकेट गुमाउँदै पुरा गर्यो । लक्ष्य पछ्याउने क्रममा भारतको शुरुवात निकै खराब हुन पुगेको थियो । उसले आफ्नो पहिलो ४ विकेट ३१ रनमा गुमाइसकेको थियो ।
यसपछि पाँचौं विकेटका लागि विराट कोहली र हार्दिक पाण्ड्याले ११३ रनको जबरजस्त साझेदारी गर्दै भारतको जित सम्भव बनाएका थिए । विराटले ५३ बलमा ६ चौका र ४ छक्काको मद्दतमा नटआउट ८२ रन बनाए भने पाण्ड्याले ३७ बलमा ४० रनको योगदान दिए ।
अन्तिम ओभरमा १६ रन आवश्यक पर्दा विराटले कोहलीले नो बलमा छक्का प्रहार गर्दै भारतको जित सुनिश्चित गरेका थिए । उनी खेलको म्यान अफ द म्याच घोषित भए ।
भारतका ओपनरद्वय केएल राहुल र कप्तान रोहित शर्माले समान ४–४ रन बनाउँदै पभिलियन फर्किएका थिए । यस्तै सूर्यकुमार यादवले १५ रन बनाए भने अक्षर पटेलले २ तथा दिनेश कार्तिक र रविचन्द्रन आश्विनले एक एक रन बनाए ।
पाकिस्तानका लागि हरिश रौफ र मोहम्म्द नवाजले २–२ विकेट लिए ।यसअघि पहिले ब्याटिङ्ग गरेको पाकिस्तानले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १५९ रनको योगफल तयार पारेको थियो ।
उसका लाथि शान मसुदले नटआउट ५२ र इफ्तिखार एहमदले ५१ रन बनाएका थिए । कप्तान बाबर आजम गोल्डेन डक आउट भएका थिए भने मोहमद रिजवानले ४ रन मात्र बनाउन सकेका थिए ।
भारतका लागि बलिङ्गमा अर्शदिप सिंह र हार्दिक पाण्ड्याले समान ३–३ विकेट चट्काएका थिए